You are viewing the translated version of अनुगमन तथा मूल्याङ्कनमा सार्वजनिक निकायका प्रमुखको जिम्मेवारी.
Section 16
अनुगमन तथा मूल्याङ्कनमा सार्वजनिक निकायका प्रमुखको जिम्मेवारी
(१) अनुगमन तथा मूल्याङ्कनलाई व्यवस्थित एवं विश्वासिलो बनाउन आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराउने र आवश्यक जनशक्तिको व्यवस्था गर्ने दायित्व सार्वजनिक निकायका प्रमुखको हुनेछ।
(२) कार्यक्रम वा आयोजना कार्यान्वयन गर्ने सार्वजनिक निकायका प्रमुखले अनुगमन वा मूल्याङ्कनमा खटिएको व्यक्तिलाई अनुगमन वा मूल्याङ्कनसँग सम्बन्धित तथ्याङ्क, सूचना र कागजात उपलब्ध गराउनु पर्नेछ।
(३) सार्वजनिक निकायका प्रमुखले अनुगमन वा मूल्याङ्कनबाट प्राप्त प्रतिवेदन, सूचना, नतिजा तथा सुझावलाई आफ्नो वेबसाइट मार्फत एक महिनाभित्र सार्वजनिक गर्नु पर्नेछ।
(४) सार्वजनिक निकायका प्रमुखले अनुगमन वा मूल्याङ्कनबाट प्राप्त नतिजा तथा सुझावलाई योजना कार्यान्वयन गर्दा पृष्ठपोषणको रूपमा लिनु पर्नेछ।
(५) सार्वजनिक निकायका प्रमुखले कार्यालय तथा योजना व्यवस्थापनसँग सम्बन्धित महत्त्वपूर्ण सूचना तथा प्रतिवेदन विद्युतीय अभिलेखमा समेत सुरक्षित: राख्नु पर्नेछ।
(६) योजना कार्यान्वयन गर्ने जिम्मेवारी पाएका सार्वजनिक निकायले आफ्नो सङ्गठनभित्र अनुगमन तथा मूल्याङ्कन सम्बन्धी कार्य गर्ने महाशाखा वा शाखा वा यस कार्यका लागि जिम्मेवार व्यक्ति तोक्नु पर्नेछ।